+
+

पपुवा न्यगिनीविरुद्ध सन्दिपले लिए ३ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते १४:३५

१ चैत, काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीको पाँचौ विकेट लिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको पपुवा न्यूगिनीका खेलाडी सेसे बाउ र माहुरु दाईलाई सन्दिप लामिछानेले आउट गरेका छन् ।

उनले १४ औं ओभरको अन्तिम बलमा बाउलाई र १६ ‍औं ओभरको पहिलो बलमा दाइलाइ आउट गरेका हुन् । बाउ १३ रन बनाएर आउट भए भने दाइ ५ रनमै आउट भए ।

सन्दिपले १३ औं ओभरको चौथो बलमा चार्ड सोपरलाई १० रनमा आउट गरेका थिए ।

यसअघि आठौं ओभरको पाँचौ बलमा करण केसीले टोनी उराको विकेट लिएका थिए ।

नेपाललाई पहिलो विकेट सोमपालले दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?