Comments Add Comment

एकदिवसीय मान्यता पाएपछि कप्तान पारसले दिए सबैलाई बधाइ

१ चैत, काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएकोमा खुसी व्यक्त गरेका छन् ।

विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीलाई हरायो भने हङकङ नेदरल्याण्ड्ससँग हारेपछि नेपालको ओडीआई स्टाटस पक्का भएको छ ।

लगतै ट्वीट गर्दै पारसले समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

वर्षौंवर्षको कडा मेहनत, प्रतिवद्धता र लगावका कारण नेपाल ओडीआई नेशन बनेको भन्दै उनले भनेका छन्, ‘नेपाल क्रिकेटको ऐतिहासिक यात्रामा सहभागी सबैलाएई बधाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment