+
+

माओवादीबाट मन्त्रीको लाइनमा वर्षमानदेखि विना मगरसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २ गते १०:४२

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद बिस्तारको तयारी गरिरहेका बेला माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने अन्तिम कसरत थालेको छ ।

१८ सदस्यीय मन्त्रिपरिषदमध्ये माओवादीलाई सात मन्त्रालय दिने सहमति यसअघि भएको थियो । फोरम पनि सरकारमा सहभागी हुने भएपछि माओवादी भागमा परेका मन्त्रालय घटाउने कि मन्त्रिपरिषदको संख्या थप्ने भन्ने विषय टुंगो लागिसकेको छैन ।

माओवादीबाट हाल रामबहादुर थापा बादल र मातृका यादव सरकारमा छन् । माओवादीबाट अब करिब पाँच जना मन्त्रीहरु सरकारमा जानेछन् । यसमा वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर पक्कापक्की जस्तै रहेको माओवादीका एक नेताले जानकारी दिए ।

पुन, बस्नेत, गिरिराजमणि यसअघि पटक-पटक मन्त्री भइसके पनि विनाका लागि भने पहिलो अवसर हुनेछ । कञ्चनपुर १ बाट निर्वाचित विना प्रचण्डकी बुहारी हुन् ।

जनार्दन शर्मालाई पनि मन्त्री बनाउनुपर्ने भनेर छलफल चले पनि कतिपय नेताहरुले उनलाई दोहोर्‍याउन नहुने बताउँदै आएका छन् । शर्माले यसअघि लगातार ऊर्जा र गृहमन्त्रालय सम्हालेका थिए ।

मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लागिसकेपछि मात्र अन्तिम नामावली प्रधानमन्त्री ओलीलाई बुझाउने माओवादी अध्यक्ष प्रचण्डको तयारी छ ।

माओवादीका एक नेताले अनलाइनखबरसँग भन्यो, ‘कति मन्त्रालय पाउने र कुन-कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिनसकेकाले अहिले नै नाम फाइनल भइसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?