Comments Add Comment

सन्तोष र विल्सनको ‘चौका दाउ’ घोषणा


चलचित्र ‘चौका दाउ’ निर्माणको घोषणा गरिएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पुणेन्द्रु झाले निर्देशन गर्न लागेको चलचित्रको घोषणा गरिएको हो । संगीतकार शम्भुजित बास्कोटाको यो चलचित्रमा कथा तथा संगीत छ । यो चलचित्रलाई शम्भुजितका छोरा सौर्यजीब बास्कोटाले निर्माण गर्दैछन् ।

चलचित्रमा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा र तैयब शाहको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य नायक-नायिकाको भने छनोट नभैसकेको निर्माणपक्षले बताएको छ । कलाकार सन्तोष पन्तले चलचित्रको कथा पावरफूल र रमाइलो रहेकाले आफूले काम गर्न लागेको बताएका थिए ।

कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटाको जन्मदिनको अवसरमा केक पनि काटिएको थियो । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शम्भुजित बास्कोटाको कथा, अभिमन्यू निरवीको पटकथा तथा संवाद, मित्रदेव गुरुङको सम्पादन, चन्द्र पन्तको एक्सन, बसन्त श्रेष्ठ र मौसम हिमालीको नृत्य रहनेछ । मनोजराज भण्डारीको पनि चलचित्रमा लगानी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment