Comments Add Comment

किशोरलाई ‘जबरजस्ति’ किस गर्दा केटी विवादमा

अमेरिकी गायिका तथा रियालिटी शोकी जज केटी पेरीले एक १९ वर्षका किशोरलाई ‘जबरजस्ति’ किस गरेपछि हंगामा भएको छ । केटीले आफ्नो स्वीकृति बिनै किस गरेको भनेर किशोरले आपत्ति जनाएका छन् ।

‘मैले मेरो जीवनको पहिलो किस आफ्नो रिलेसनसीपका लागि बचाएर राखेको थिएँ,’ पिडित किशोर बेन्जामिन ग्लेजले भनेका छन् ।

बेन्जामिनले अमेरिकी रियालिटी शो अमेरिकन आइडलका लागि अडिसन दिएका थिए । यसै दौरान केटी पेरीले उनीसँग किस मागेकी थिइन् । बेन्जामिनले उनलाई गालामा किस गरे । त्यसपछि उनले केटीको अर्को गालामा किस गरेका के थिए, केटीले उनलाई च्याप्प समातेर जवाफी किस गरिन् । यसबाट बेन्जामिन रुष्ट भए ।

उनले न्यूयोर्क टाइम्ससित भनेका छन्, ‘मैले आफ्नो पहिलो रिलेसनसिपका लागि यो गाला बचाएर राखेको थिएँ । म आफ्नो पहिलो किसलाई स्पेसल बनाउन चाहन्थेँ । तर, केटीले यसो गरिन् ।’

आफू एउटा परम्परागत परिवारको व्यक्ति भएको उल्लेख गर्दै उनले किस गर्दा एकदम असहज लागेको बताएका छन् ।

शोका दौरान अर्का जज बरयानले बेन्जामिलनाई सोधेका थिए, ‘के तिमीले कसैलाई किस गरेका छौ ?’ त्यसमा बेन्जामिनले जवाफ दिए, ‘छैन, म कहिल्यै रिलेसनसीपमा थिइनँ । रिलेसनसीपमा नभइकन म कसैलाई किस गर्न चाहन्न ।’

त्यसपछि केटीले उनलाई बोलाएर किस गर्न भनेकी थिइन् ।

यो घटनामा सफाई दिँदै अमेरिकन आइडलले केटीले केही गलत नगरेको बताएको छ । यो विषयमा सामाजिक सञ्जालमा निकै बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment