Comments Add Comment

मोफसलकै सर्वाधिक राशीको विराट गोल्ड कप चैत १७ देखि

खेलहरु रातिमा खेलाइने

४ चैत, विराटनगर । मोफसलकै सर्वाधिक राशीको विराट गोल्ड कप फुटवल प्रतियोगिताको पाँचौं संस्करण चैत १७ गते सुरु हुने भएको छ ।

आयोजकले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी मोफसममै पहिलो पल्ट प्रतियोगिता रातिको समयमा पनि सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

यसअघि काठमाडौंमा दक्षिण एसियाली खेलकुद प्रतियोागिता र एएफसी पेसिडेण्ट फुटवल प्रतियोगिता रातिमा खेलाए पनि काठमाडौं बाहिर अहिलेसम्म रातिमा फुटवल खेलाइएको छैन ।

विराट गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजालले खेलहरु साँझ ६ बजे सुरु हुने जानकारी दिए । यसको लागि नाइटलाइटको व्यवस्थापनको काम सकिन लागेको अध्यक्ष रिजालले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १२ लाख ७१ हजार र उपविजेतालाई नगद ५ लाख ५१ हजार रुपैयाँ पाउनेछन् । मोफसलकै बढी पुरस्कार राशी भएको झापा गोल्डकपमा पहिलो हुनेले १२ लाख रुपैयाँ पाएको थियो ।

त्यसभन्दा विराट गोल्डकपमा पुरस्कार राशी बढी राखिएपछि यो मोफसलबै सर्वाधिक राशीको गोल्डकप प्रतियोगिता बनेको हो ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र उत्कृष्ट टिमलाई २५/२५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।

खेलमा सहभागी हरेक टिमले २० हजार रुपैयाँ दिनुपर्ने अध्यक्ष रिजालले बताए ।

हरेक खेलको म्याद अफ दी म्याचले १० हजार रुपैयाँ पाउनेछ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका दश वटा टीमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने नेपाली टिममा मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस, नेपाल आर्मी, झापा-११ र मोरङ-११ रहेका छन् ।

आयोजकले टिकट बिक्रीबाट ४० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेको छ । यसैगरी प्रायोजक तथा सह-प्रायोजकबाट ६३ लाख रुपैयाँ आम्दानी हुने आयोजकले जनाएको छ ।

विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकपको रुपमा सुरु भएको फुटबल प्रतियोगिता विराट गोल्डकपको नामबाट सञ्चालन हुँदै आएको छ ।

२०६९ सालमा पहिलो संस्करण, २०७० मा दोस्रो, २०७१ तेस्रो र २०७२ चौंथो संस्करणको प्रतियोगिता भइसकेको छ ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न २६ उप-समिति गठन गरिएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment