Comments Add Comment

कहाँ जाँदैछ अन्तरिक्षको फोहोर ?


जीवनमा केही नयाँ काम गर्ने प्रेरणा कहिले कसैबाट पनि मिल्न सक्दछ । एक फिल्मले जापानी एक युवतीलाई सानै उमेरमा वैज्ञानिक बनाइदियो । ती वैज्ञानिकको नाम हो, एम्बर येंग ।

येंग स्कुलका किताब पढ्दा पढ्दा दिक्क भएकी थिइन् । उनी केही नयाँ गर्न चाहन्थिन् । केही यस्तो कि त्यसले दुनियाँलाई फाइदा पुगोस् र भीडबाट अलग पहिचान पनि मिलोस् ।

एकदिन उनी आफ्नो घरमा हलिउड फिल्म ग्रेभिटी हेरिरहेकी थिइन् । फिल्ममा एउटा दुर्घटनाका कारण अन्तर्राष्ट्रिय स्पेस स्टेसन कसरी ध्वस्त हुन्छ भनेर देखाइएको थियो ।

फिल्म हेरिसकेपछि एम्बर योंगको दिमागमा एउटा प्रश्न उब्जियो । आखिर हामीले अन्तरिक्षमा यति ठूलो संख्यामा स्याटेलाइट, रिसर्च इन्जिन, केट तथा अन्तरिक्षयान पठाइरहेका छौँ । ती पनि त दुर्घटनाका सिकार हुन्छन् । यस्तो दुर्घटना भएर सखाप भइसकेपछि त्यसको फोहोर कहाँ जान्छ होला ?

यहीँ प्रश्नले येंगलाई एउटा अनुसन्धान परियोजनामा काम गर्ने सोँच पैदा भयो ।

अन्तरिक्षको फोहोर

येंगका अनुसार अन्तरिक्षमा धेरै स्याटेलाइटको फोहोर जम्मा भएको छ । यो फोहोरले पृथ्वीको चक्कर काटिरहेको छ । यस्तोमा यदि कुनै नयाँ स्याटेलाइट उक्त फोहोरसँग ठोक्किएमा त्यसले केवल करोडौँको नोक्सान मात्र पुर्याउँदछ अनुसन्धान परियोजनालाई पनि अधुरो बनाइदिन्छ ।

येंगको अनुसन्धान अनुसार अहिले अन्तरिक्षमा फोहोरका करिब ५ लाख टुक्राले पृथ्वीको परिक्रमा गरिरहेका छन्। ती फोहोरका टुक्रामध्ये कुन कति पुराना छन् भन्ने कुरा पत्ता लगाउने कोसिसमा छन् येंग ।

पृथ्वीको परिक्रमा गरिरहँदा त्यसको स्थितिमा कति तथा कस्तो परिवर्तन आउँदछ, यसैको आधारमा यो बताउन सकिन्छ कि आउँदा दिनमा उक्त फोहोरका टुक्राको स्थिति के हुन्छ र यी फोहोरबाट बचाउने गरी कसरी पृथ्वीबाट स्याटेलाइट प्रक्षेपण गर्न सकिन्छ ।

आफ्नो अनुसन्धानले आगामी दिनमा अन्तरिक्षयान तथा स्याटेलाइट ठोक्किने घटनालाई रोक्न सकिने उनको दाबी छ ।

केवल गणित र विज्ञान मात्र पढाइ होइन

अहिले येंग आफ्नो कामसँगै कलेजमा अध्ययन गरिरहेकी छन् । उनी संगीतकी शौखिन हुन् । रोमान्टिक गीतहरु उनलाई मन पर्छ । उनी कलाप्रेमी हुन् । उनका अनुसार पढाइको अर्थ केवल गणित वा विज्ञान पढ्नुमात्र होइन । जिन्दगीका लागि रचनात्मक काम पनि आवश्यक छ । संगीत तथा कलाको माध्यमबाट जीवन नयाँ रंग भर्न सकिन्छ भने गणितका गुणा, भाग र विज्ञानका फर्मुलाले मानिसको दिमागमा पढ्ने तथा बुझ्ने क्षमताको विकास गर्दछ ।

येंगका अनुसार, विश्व ब्रह्माण्डबारेमा नयाँ दृष्टिकोण बन्दछ । तर जीवनको सही अर्थ बुझ्नका लागि भौतिक विज्ञानलाई बुझ्नु आवश्यक छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment