Comments Add Comment

पुटिनको शासनमा कहाँ पुग्यो रुस ? १० दृष्टान्त

५ चैत, काठमाडौं । पछिल्लो दुई दशकदेखि  रुसको राजनीतिमा भ्लादिमिर पुटिन हावी छन् । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै चौथो कार्यकालका लागि निर्वाचित पुटिन अब आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् ।

कहिलेे राष्ट्रपति त कहिले प्रधानमन्त्री रहेका उनले आफ्नो कार्यकालमा रुसको आर्थिक छलाङ, सैन्य विस्तार र महाशक्तिको रुपमा रुसलाई पुनर्स्थापित गर्ने प्रयास गरेका छन् ।

रुसका अधिकांश जनताको जीवनस्तरमा सुधार आएको छ र उनीहरुमा स्थायित्व र राष्ट्रिय गर्वको भावना जागृत भएको छ । केही मानिस भने रुसले यसको मूल्य आफ्नो लोकतन्त्र गुमाएर चुकाएको बताउँछन् ।

अहिले रुसीहरुको जीवन कति परिवर्तन भएको छ त ?

१. बढ्दो जनसंख्या

राष्ट्रपति पुटिनको लक्ष्य छ, जनसंख्यामा कमीमा आएको गिरावट रोक्नु, जुन १९९१ मा साम्यवादको समाप्तिको आसपासमा सुरु भएको थियो । २०१२ मा राष्ट्रपति बनेपछि पुटिनले पहिले जन्मदर बढाउन ३४ खर्ब खर्च गर्ने प्रस्ताव गरे । त्यही वर्ष मृत्युदरको तुलनामा जन्मदर बढ्यो । तर, २०१७ मा फेरि यो घटेपछि विरोधीहरुले पुटिनमाथि धावा बोल्ने मौका पाए । उनीहरुले २०१६-२०१७ को बीचमा १०.६ प्रतिशतले जन्मदर घटेको उदाहरण दिए । वास्तविकतामा प्रतिहजार जन्मदर १२.९ बाट ११.५ मा झरेको थियो ।

२. कारको मोह

लाडा कारसँग रुसको मोह अझै कायम छ । कुल बिक्री भएका १५ लाख ९५ हजार ७ सय ३७ कारमध्ये ३ लाख ११ हजार ५ सय ८८ कार लाडाका छन् ।

कार राख्ने मामिलामा रुस, पोल्याण्ड र हंगरीसँग बराबर छ तर, छिमेकी फिनल्याण्डभन्दा पछाडि छ । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर एशोसिएसनका अनुसार फिनल्याण्डमा १०० घरमा ७६ कार हुन्छ ।

३. सेनामा धेरै खर्च

एक मजबुत सैन्यशक्ति रुसको पहिचान हो । तर, शीतयुद्धका दौरान जब सोभियत युनियनले आफ्नो सेना अमेरिका बराबर बनाउने कोशिश गर्‍यो, त्यसबेला धेरै पैसा त्यसमा खर्च भयो । सोभियन युनियनको विघटनपछि सेनाको बजेट कटौती गर्नुपर्‍यो । कयौं उपकरण र हतियारमा समस्या आयो, जसका कारण सेनाको मनोबल पनि गिरेको थियो ।

भ्लादिमिर पुटिनले आफ्नो सेनाको मनोबल बढाएका छन् र एक आधुनिक सैन्य शक्तिको पहिचान दिलाएका छन् । सेनाको आधुनिकीकरणको अनुमान यसले लगाउन सकिन्छ कि कुल गार्हस्थ उत्पादन (जीडीपी)को ठूलो हिस्सा यसमा खर्च गर्नु परेको छ । पुटिनको कार्यकालमा रुसको सेनाले चेचन्या, जर्जिया, पूर्वी युक्रेन र हालै मात्र सिरियामा पनि आफ्नो शैन्य शक्ति प्रदर्शन गरेको छ ।

४. तलब बृद्धि रोकियो

राष्ट्रपतिका रुपमा पुटिनको पहिलो कार्यकालमा कर्मचारीको तलब १० प्रतिशतभन्दा बढी बृद्धि भयो । २०१२ मा फेरि अर्को कार्यकाल सुरु भयो । त्यसबेला आर्थिक संकट र प्रतिबन्धका कारण यो बृद्धि भ्रामक साबित भयो ।

२०११ र २०१४ का बीचमा कर वा अन्य शुल्क तिरेपछि बचेको आयमा ११ प्रतिशत बृद्धि भएको छ र पुटिनको शासनमा रुसको उपभोक्ता अर्थव्यवस्थामा निकै बृद्धि भएको छ ।

५. सर्कसमा आएको गिरावट

मास्को स्टेट सर्कस जस्तै रुसमा सर्कसको ६० भन्दा बढी स्थायी राष्ट्रिय संस्थान छन् । तर, सर्क्यू दु सोलेल जस्ता पश्चिमा प्रतिद्वन्द्वीले कडा चुनौती दिएका छन् । २०१० पछि सर्कस हेर्नेको संख्या ६० प्रतिशत घटेको छ । यद्यपि यसको पछाडि एउटा मात्र कारण छैन । रोजाइमा आएको परिवर्तन, प्रतिस्पर्धीतर्फ बढ्दो आकर्षण र इन्टरनेटको विकास यसको महत्वपूर्ण कारण हुनसक्छ ।

६. गरिब निकै कम 

गरिबीको स्तर पहिलेको तुलनामा निकै कम हुनसक्छ तर, रुस अहिले पनि विश्वका ठूला अर्थतन्त्रमा औसतभन्दा माथि मात्र छ ।

७. मदिरा

कति रुसीले मदिरा पिउँछन् भन्नेमा विवाद छ । सरकारी आंकडा एउटा छ तर, स्वास्थ्यमन्त्रीले नै दाबी गरेका छन् कि ८० प्रतिशत रुसी मदिरा पिउँछन् । पश्चिमी बियर र वाइन कल्चरका कारण भोड्का पिउनेहरु कम भएका छन् । एक समय रुसमा बियरलाई सफ्ट ड्रिङ्क्स मानिन्थ्यो तर, अब मानिसहरु आफैं मदिरा बनाउन लागेका छन् ।

८. आइकिआ प्रेम

मस्कोमा मेगा ब्राण्डेड सपिङ सेन्टरको रुपमा २००० मा आइकिआ खुलेको थियो । यो छिट्टै विश्वका शीर्ष १० सपिङ सेन्टरमा पर्न सफल रहृयो ।

कम्पनीको अहिले देशभर १४ स्टोर छन्, जसमध्ये मस्को आसपासका क्षेत्रमा मात्र ३ वटा छन् । यो सामान बेच्न मात्र सीमित छैन ।

आइकिआ ले आफ्नो अनलाइन म्यागाजिन भने बन्द गरेको थियो किनकी यसले नाबालिगमा समलैंगिक भाव बढाउन रोक्ने पुटिनको कानून उल्लंघन गरेको थियो । साथै आफ्नो भ्रष्टाचारविरुद्ध मान्यतालाई कायम राख्न पनि कम्पनीले संघर्ष गर्नु परेको छ ।

९. इन्टरनेट

इन्टरनेटमा रुसको आफ्नो विज्ञता छ । सामाजिक सञ्जाल वीके सबैभन्दा धेरै युजर्स भएको साइट हो । फेसबुकका २ करोड युजर्सको तुलनामा यसमा ९ करोड युजर्स छन् । सर्ज इन्जिन यान्डेक्स छ । रुसी भाषामा भएका कारण यसमा गुगल सर्चमा भन्दा बढी लाभ छ ।

१०. सार्वजनिक पुस्तकालय

अरु ठाउँहरुमा जस्तै इन्टरनेटका कारण पुस्तकालयतर्फ मानिसहरुको रुचि घटेको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment