Comments Add Comment

उच्च शिक्षाको सपना बोकेका समिरले जापानमा औला गुमाए

१९ मार्च, टोकियो । उच्च शिक्षाको ठूलो सपना संगालेर जापान छिरेका एक नेपालीको मेशिनमा परेर देब्रे हातका औंला गुमेका छन् ।

२०१५ को अपि्रल महिनामा जापान आएका सिद्धवन, स्याङ्जाका समिर बोगटीको रामेनको मेशिन सफा गर्दै गर्दा देब्रे हात मेसिनमा परेपछि तीनवटा औंला काटिएका हुन् ।

घटना फेब्रुअरी ५ तारिखका दिन ४ः३० बजेतिर भएको अस्पतालको शैय्याबाटै बोगटीले सुनाए ।

फुकुओकाको हाकाताकु निशीहारु माची बस्दै आएका बोगटी एक महिनादेखि फुकुओका तोकुसुकाई अस्पतालमा उपचारत छन् । उनको हालसम्म तीन पटक अप्रेशन गरिसकिएको छ ।

बोगटी भाषा अध्ययन सकाएर तीन वर्षे कोर्षअन्तर्गत कम्प्यूटर सेन्मोन स्कुलमा अध्ययनरत थिए ।

परिवारको माया र आत्मियतालाई गाँठो पारेर तीन वर्षअघि सपना साकार पार्न जापान उडेका बोगटीले घटना भएको केही दिनसम्म घरपरिवारलाई सुनाउन नसकेको बताए । ‘पछि दाईलाई सुनाए । तर आमाबावुलाई भनेे भन्न सकिन ।’-२५ वर्षीय बोगटीले भने ।

१५/२० दिनपछि ठूलो अप्रेशन गर्नु पर्ने डाक्टरले सुनाएपछि उनले अप्रेशन गर्नुपूर्व आमालाई भाइवरमार्फत भिडियो कल गरेर घटना सुनाएका थिए ।’आमालाई प्रेसर छ’ उनले भावुक हुँदै भने- ‘आमाले सधैं भिडियो कल गर्न भन्नुहुन्थ्यो, तर मैले मोबाइल बिगि्रएको छ भन्दै आमालाई ढाँट्थें ।’

बोगटीको नेपालमा आमाबुवा, तीन दाजु, दुई भाउजु छन् । पोखरामा बस्दै आएको बोगटी परिवारको उनी कान्छो छोरा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment