News Summary
Generated by OK AI. Editorially reviewed.- जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय होल्ड गरिएको छ।
- समिति सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप विवरण माग गरिएकोले केही समयलाई होल्ड गरिने जानकारी दिए।
२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’ गरिएको छ ।
समिति सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप विवरण माग गरिएकोले केही समयलाई होल्ड गरिने जानकारी दिए ।
उनीमाथि जापानको पीआर रहेको र स्वार्थ बाझिनसक्ने भन्दै संसदीय सुुनुवाइ समितिमा प्रश्न उठेको थियो ।
सोबारेमा समितिले सरकारमार्फत जापानसँग विवरणसमेत माग गरेको थियो । जापानबाट विवरण आइनसकेको पत्र परराष्ट्र मन्त्रालयबाट प्राप्त भएको भन्दै समिति सभापति श्रेष्ठले तत्कालका लागि उक्त निर्णय नलिने जानकारी दिए ।
प्रस्तावित राजदूत थापाले भने जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4