+
+
Shares

जापानका लागि प्रस्तावित राजदूतको पनि सुनुवाइ ‘होल्ड’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २८ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको संसदीय सुनुवाइ कार्ययोजना प्रस्तुतिपछि होल्ड गरिएको छ।
  • सुनुवाइमा सांसदहरूले थापाको र उनकी श्रीमतीको पीआरबारे प्रश्न गरेपछि उनले जापानको पीआर त्यागिसकेको बताए।
  • समितिले थापालाई बाहिर राखेर आन्तरिक छलफल गरेपछि साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेको छ।

२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ ।

सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत गर्न दिएर थप प्रक्रिया ‘होल्ड’ गरेको हो ।

कार्ययोजना प्रस्तुतिपछि प्रस्तावित राजदूत थापाको पीआर, उनकी श्रीमतीको पनि पीआर रहेको विषयमा सांसदहरूले प्रश्न गरे ।

जवाफमा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिए । सो क्रममा उनले नेपाल जोड्न जापानमा रहदा काम गरेको बताए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको बताए ।

त्यसपछि सांसदहरू आन्तरिक छलफलमा जुटे । यो विषयमा आएको प्रष्टीकरणबारे निर्क्योलमा पुगेर बाँकी छलफल गर्ने भनेर प्रस्तावित राजदूतलाई बाहिर राखेर सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए ।

अन्तिममा जापानका लागि प्रस्तावित राजदूतको सुनुवाइ होल्ड गरे र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?