Comments Add Comment

आखिर कहाँ हराए अन्सारी ? पोखरीमा डुबेको श्रीमतीको दावी

पोखरीमा दिनभर खोज्दा पनि डुबेको भनिएका व्यक्ति भेटिएनन्

पोखरीमा जाल हालेर अन्सारीको खोजी गरिंदै ।

६ चैत, सप्तरी । राजविराज ४ स्थित कल्टुदास पोखरीको आसपास क्षेत्रमा सोमबार दिनभर तनावमय रह्यो । कोहि रोइरहेका थिए भने कोहि एक टक पोखरीमा आँ खा दौडाइरहेका थिए । पोखरीको चारैतिरको भिडले कुनै तमासा भइरहेको जस्तो देखिन्यो । पोखरीमा मान्छे डुबेको खबरले आसपास क्षेत्रमा मान्छे व्यापक रुपमा जम्मा भए । शुरुमा युवाहरुले डुबेका मान्छेको खोजी गरे । करिब एक दर्जन युवाहरु शुरुमै पोखरीमा पौडेर डुबेको भनिएका मान्छेको खोजी गरेपनि फेला पर्न सकेनन् ।

मध्यान्ह १२ः३० बजेतिर पोखरीमा स्थानीय मोहम्द साह अली अन्सारी डुबेको भन्दै उनकी पत्नी जमिला खातुनले हल्ला गर्दै सबैसँ ग सहयोगको याचना गरेकि थिइन् ।

जमिला रोइरहेको देखेर छेउछाउमा भएका युवाहरु पोखरीमा हाम फाले । उनीहरुले करिब एक घण्टासम्म ५० वर्षीय अन्सारीको पोखरीभित्र खोजी गरे । उनी फेला नपरेपछि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पनि आइपुग्यो । सेना, सशस्त्र र नेपाल प्रहरीका जवानले समेत तीन घण्टासम्म खोजी गर्दा पनि अन्सारी फेला परेनन् ।

उनलाई खोजी गर्नका निम्ति ठूलो किसिमको जाल समेत मगाइयो । पोखरीको चारैतिर जाल हान्दासमेत उनी फेला परेका छैनन् । जबकी पोखरीमा जाल हान्नका लागि राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले पाँच हजार तिरेका थिए । ‘जालसहित जाल फ्याँ क्नेलाई तत्कालै बोलायौं,’ प्रमुख यादवले भने, ‘त्यत्रो मिहिनेत गर्दासमेत अन्सारी फेला पर्न सकेका छैनन् ।’

पोखरीमा न्यून पानी रहेको समयमा डुबेर अन्सारी कहाँ हराएका छन् ? भन्ने जानकारी कसैलाई प्राप्त हुन सकिरहेको छैन । घण्टौंसम्म उनी फेला नपरेपछि उनी पोखरीमा डुबेको हो कि होइन ? भन्ने आशंका पनि उब्जिएको स्थानीयहरुले बताएका छन् ।

अन्सारीकी पत्नी जमिलाले आफू कपडा धोइरहेको समयमा पति पोखरीमा नुहाउन गएको बताएकी छन् । आफू कपडा धोइरहँ दा धेरै समयसम्म पतिलाई नदेखेपछि पोखरीमै डुबेको उनको भनाइ छ ।

अन्सारीकी भावविह्वल श्रीमती जमिला ।

यद्यपी स्थानीयले अन्सारी रक्सीको अत्यधिक प्रयोग गर्ने व्यक्ति भएका कारण पोखरीबाट नुहाएर बाहिर कतै त गएनन् ? भन्दै आशंका जनाएका छन् । उनी हालसम्म घरमासमेत नपुगेको पारिवारिक श्रोतले जनाएको छ ।

पोखरीमा डुबेको भनिएका अन्सारीको खोजी भइरहँदा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, जिल्ला प्रहरी प्रमुख मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादवसमेत कल्टुदास पोखरीमा पुगेका थिए ।

राति अबेरसम्म खोजी गर्दा पनि अन्सारी फेला पर्न सकेका छैनन् । ‘सुरक्षाकर्मी र स्थानीयहरुले धेरै मिहिनेत गर्दासमेत अन्सारी फेला परेका छैनन्,’ प्रहरी प्रमुख सिंहले भने, ‘यद्यपी हामीले खोजी कार्य तिब्र बनाएका छौं ।’

गहिरो र ठूलो खोलामा मान्छे डुबेर वेपत्ता भएपछि चाँडै भेटाउने गरिएपनि पोखरीमा पनि मान्छे भेटाउन सकिएको छैन । अन्सारीकी पत्नीले डुबेको बताएपनि यत्रो मिहिनेत गर्दासमेत फेला पर्न नसक्नुबाट उनी नुहाएर बाहिर गएको हुन सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment