Comments Add Comment

कालीकोटका जनप्रतिनिधिलाई मस्ती, सेवाग्राहीलाई सास्ती

घुम्न निस्किएका कालीकोटका जनप्रतिनिधिहरू ।

६ चैत,कालीकोट । कालीकोटका दुई वटा गाउँपालिका जनप्रतिनिधिहरु अध्ययन भ्रमण भन्दै स्थानीय तहको लाखौ रुपैयाँ खर्च गरेर भ्रमणमा निस्एिपछि सेवाग्राही मर्कामा परेका छन् ।

आर्थिक वर्ष सकिन चार महिना मात्र बाँकी रहँदा स्थानीय तहमा कामको चटारो बढेपनि जनप्रतिनिधिहरु भने कर्मचारीसहित भ्रमणमा निस्किएका हुन् ।

आर्थिक वर्ष सकिन लागेको बेला स्थानीय तहको बजेट सक्न जनप्रतिनिधिहरु भ्रमणमा निस्किएको स्थानीयवासीको आरोप छ ।

शुभ कालिका गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली गाउँपालिकाको २० लाख रुपैयाँ लिएर अवलोकन भ्रमणमा गएपछि स्थानीयले बिरोध गरेका छन् ।

सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा निस्किएपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको तीला कर्णाली बहुमुखी क्याम्पसका स्वबियु सभापति भीमप्रसाद आचार्यले बताए ।

गाउँपालिकाका जिम्मेवार व्यक्तिहरु भ्रमणमा जाँदा काम प्रभावित भएको भन्दै आचार्यले आपत्ति प्रकट गरे ।
जनप्रतिनिधिहरुले भने सिकाइ आदानप्रदानका लागि भ्रमणमा निस्किउको बताएका छन्

जिल्लाको खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि अवलोकन भ्रमणमा निस्केका छन् । २९ जनाको टोलीसहित पोखरा, पाल्पा, लुम्बिनी लगायतका क्षेत्रमा भ्रमणमा निस्केका हुन् ।

खाँडाचक्र नरपालिकाको नगरसभाबाट ५ लाख रुपैयाँ छुट्याइको थियो । सोही बजेट खर्च गरेर भ्रमण योजना तयार भएको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशि पंगेनीले जानकारी दिए ।

उनले आफू काम विशेषले भ्रमणमा जान नपाएको र जनप्रतिनिधिहरु भ्रमणमा गएकाले यर्थाथ कति खर्च हुन्छ भन्ने एकीन नभएको बताए ।

खाँडाचक्रका स्थानीयवासीले पनि भ्रमणप्रति आपत्ति जनाएका छन् । स्थानीय सरकार आएपनि सेवा दिने कर्मचारी नखटिदा सास्ती कायमै रहेको भन्दै स्थानीयले जनप्रतिनिधिहरु समेत लामो समयका लागि भ्रमणमा निस्किएपछि थप सास्ती भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment