नायिका खुश्वु खड्का लामो समयपछि एक चलचित्रमा अनुवन्धित भएकी छिन् । चलचित्र क्षेत्रमा सफलता हात पार्न नसकेकी यी नायिकाले चलचित्र ‘सिवानी’मा काम गर्ने भएकी छिन् । सोमबारबाट यो चलचित्रको छायांकन सुरु भएको छ ।
बर्दिवास, जनकपुर, सर्लाहीमा चलचित्रको छायांकन हुनेछ । चलचित्रमा खुश्वुको साथमा छुल्ठिम गुरुङ र सविन श्रेष्ठको मुख्य भूमिका छ । खुश्वुका अनुसार अहिले उनी वर्कशपमा छिन् र केहि दिनमा छायांकनमा पुग्नेछिन् ।
चलचित्रलाई यूपी खड्काले निर्देशन गर्दैछन् । रामजी लामिछानेको नृत्य निर्देशन, पवन गौतमको छायांकन रहने चलचित्रमा सुरेश खड्काको लगानी रहनेछ । यो चलचित्रले एक शारीरिक रुपमा अशक्त बालकको कथालाई उठान गर्नेछ ।
चलचित्र क्षेत्रमा खुश्वुलाई ‘लक’ लागेको छैन । लामो समय यो क्षेत्रमा बिताएपनि उनी छटपटाएको अवस्था हो । यस्तो, समयमा सविन र छुल्ठिमको साथले खुश्वुलाई ‘लक’ लाग्ला त, प्रतिक्षा गरौ ।
प्रतिक्रिया 4