Comments Add Comment

विराटनगरमा गिरिजाप्रसाद कोइरालाको तस्वीर प्रदर्शनी

मुख्यमन्त्री राईले भने - कोइराला लोकतन्त्रको महानायक

६ चैत, विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको ५६ वटा तस्वीर विराटनगरमा प्रदर्शनीमा राखिएको छ ।

जिपी कोइराला फाउण्डेसनले कोइरालाको आठौं पूण्यतिथिको अवसर पारेर मंगलबारदेखि फोटो प्रदर्शनी गरेको हो । प्रदर्शनीमा कोइरालाको विभिन्न समयमा खिचिएका तस्वीरहरु प्रदर्शनीमा राखिएको छ ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोइरालाले जनतालाई लोकतन्त्रको मालिक बनाएको भन्दै उनी महानायक भएको टिप्पणी गरे ।

उनले भने ‘उहाँको अडान र दृढताले आज निरकुंश राजतन्त्रको अन्त्य भई मुलुकमा लोकतन्त्र प्राप्ती भएको छ, यसको श्रेय सबै उहाँलाई जान्छ ।’

बोल्दै मुख्य मन्त्री राईले गिरिजाप्रसाद कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धी हासिल भएको र नेपाली जनता लोकतन्त्रको मालिक बन्ने सकेको राईको भनाइ छ ।

उनले गिरिजाप्रसाद कोइरालाको सम्झनामा कोइरालाको स्मरणमा संग्रहालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

मुख्यमन्त्री राईले राजनीतिक आस्था, विचारभन्दा माथि उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment