Comments Add Comment

काठमाडौंमा धारिलो हतियार प्रहार गरी युवकको हत्या


७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति पौने ९ बजे सामान्य विवादमा २१ वर्षीय पुरुषोत्तम सेंढाईको हत्या भएको महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए । सर्लाही घर भएका उनी काठमाडौं-१० देवीनगरमा बस्दै आएका थिए ।

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा रोहित चौधरी, अशोक लिम्बु र सन्जिव राईलाई पक्राउ गरेको छ । डिएसपी पौडेलले हत्याको अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment