+
+

प्रजिअ सरुवाले हुम्लाको काम–कारवाही प्रभावित

रासस रासस
२०७४ चैत ७ गते ९:५३


७ चैत, हुम्ला । यहाँ एक वर्षमा पटक पटक प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

सरकार परिवर्तन भएपछि फागुन १९ गते तत्कालीन प्रजिअ डा. कृष्णबहादुर घिमिरे सरुवा भएपछि फागुन २२ गते प्रजिअ धनप्रसाद शर्मा पौडेल आई ०७४ असोज १ गतेसम्म कार्यरत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पौडेल असोज १ गते सरुवा भएपछि ०७४ असोज २ गते लक्ष्मीप्रसाद बास्कोटा प्रजिअका रुपमा भित्रिए । ०७४ माघ १५ गतेसम्म रहेका उनको सरुवा भई चितवनबाट नेत्रप्रसाद शर्मा माघ १६ गते यहाँ आएपछि उनको सरुवा शुक्रबार पर्सामा भएको छ ।

प्रजिअ पटक पटक परिवर्तन भएपछि नागरिकताको प्रमाणपत्रजस्ता जनताका काममा बाधा हुन गएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?