Comments Add Comment

एसईईमा नवलपरासीबाट ११ हजार परीक्षार्थी


७ चैत, नवलपरासी । बिहीबारबाट शुरु हुने एसईई परीक्षामा नवलपरासीबाट ११ हजार परीक्षार्थी सहभागी हुँदैछन् ।

बर्दघाट सुस्ता पूर्व र बर्दघाट सुस्ता पश्चिम भनेर दुई खण्डमा विभाजित नवलपरासीमा यस वर्ष पूर्व र पश्चिम गरेर ४१ स्थानमा परीक्षा केन्द्र तोकिएको छ ।

नवलपुरबाट ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी हुँदैछन् ।

नवलपरासी बर्दघाट सुस्तापूर्वबाट एसईई परीक्षामा ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी हुने भएको र नवलपुरका २४ वटा केन्द्रमा परीक्षा सञ्चालन हुने कावासोतीका नगर शिक्षा अधिकारी कृष्णचन्द्र पोख्रेलले बताए ।

त्यस्तै, कक्षा ८ को वार्षीक परीक्षा पनि बिहीबारबाट शुरु हुुँदैछ । कक्षा ८ को वार्षिक परीक्षामा नवलपुरबाट ७ हजार पाँच सय ६९ जना विद्यार्थी सहभागी हुँदैछन् । दुवै परीक्षाको तयारी पूरा भएको छ ।

यस वर्षबाट कक्षा ८ को नतिजा पनि ग्रेडिङ प्रणालीमा हुनेछ । संघीय खाका अनुसार एसईई को परीक्षा प्रदेश सरकारले र कक्षा ८ को परीक्षा स्थानीय सरकारले सञ्चालन गर्दैछ ।

जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले नवलपरासीको बर्दघाट सुस्ता पश्चिम १७ वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने बताए ।

पूर्वी नवलपरासीको २४ वटा र पश्चिम नवलपरासीका १७ वटा सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका, परीक्षाका लागि केन्द्राध्यक्ष पुगिसकेका छन् ।

त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमतर्फ ४ हजार ७ सय ९८ जना परीक्षार्थीहरु यस वर्षको एसईई परीक्षामा सहभागी हुंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment