+
+
Shares

खस आर्यबारेको टिप्पणी फिर्ता लिन ईयूलाई योगेश भट्टराईको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ७ गते १३:०८

७ चैत, काठमाडौं । युरोपियन युनियनले नेपालमा खस आर्य समुदायलाई दिएको आरक्षण हटाउन दिएको सुझावप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

उनले खस आर्य समुदायबारे टिप्पणीले ईयूको नियतमाथि नै प्रश्न उठ्ने भन्दै यसलाई फिर्ता लिन माग गरेका छन् ।

ट्विटरमार्फत भट्टराईले युरोपियन युनियनको टिप्पणीलाई दुर्भाग्यपूर्ण भएको भन्दै यसले जातीय एकता र साम्प्रदायिक सद्भावमा गम्भीर असर पर्न सक्ने बताएका छन् ।


निर्वाचनको पयवेक्षणका लागि नेपालमा आएको युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार प्रतिवेदन बुझाउँदै प्रतिनिधिसभा र प्रदेशसभाको जातीय संरक्षणसम्बन्धी आरक्षण प्रणालीको प्रभाव समीक्षा गर्न सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?