Comments Add Comment

गुराँस गाउँपालिकामा सीसी टिभीबाट कर्मचारीको निगरानी

७ चैत, दैलेख । गुराँस गाउँपालिकाले कार्यालयमा मर्यादित र प्रभावकारी सेवा प्रवाहका लागि गर्न सीसी टिभी जडान गरिएको छ ।

सेवाग्राहीलाई समयमै सहज रुपमा सेवा उपलब्ध गराए नगराएको जानकारी लिनका लागि कर्मचारीको काम निगरानी गर्न सीसी टिभी जडान गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

सीसी टिभी जडान पश्चात कर्मचारीले काम गरेको नगरेको रेकर्ड रहने तथा सेवा लिन आउने सेवाग्राहीले के कस्ता कि्रयाकलाप गरिरहेका छन् भन्ने जानकारी सजिलै प्राप्त हुने अध्यक्ष वलीको दावी छ ।

कर्मचारीहरुको कामप्रति जनगुनासो बढ्न थालेपछि सीसी टिभी जडान गरेर निगरानी गर्न गर्न लागिएको भन्दै उनले सीसी टिभीबाट कर्मचारीहरुको कामको मुल्याङ्कन आफैले गर्ने बताए ।

गाउँपालिकामा कुनै व्यक्तिबाट अपराधिक कार्य हुन सक्ने भएकोले गाउँपालिका कार्यालयलाई सुरक्षाको महसुस बनाउन पनि सहयोग पुग्ने अध्यक्ष वलीको भनाइ छ ।

गाउँपालिकाले कार्यालयमा यसअघि विद्युतीय हाजिरी समेत सुरु गरिएको छ । यो हाजिरी शुरु भएपछि कर्मचारीहरु समयमै कार्यालय आउन थालेको अध्यक्ष वलीले जानकारी दिए ।

गाउँपालिका भित्रका विद्यालय तथा वडा कार्यालयमा पनि विद्युतीय हाजिरी शुरु गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

पहिलो चरणमा विद्यालय र वडा कार्यालयमा विद्युतीय हाजिरी शुरु गर्ने भन्दै अध्यक्ष वलीले त्यसपछि अन्य कार्यालयमा पनि शुरुआत हुने बताए ।

गाउँपालिकाले विद्यालय र अन्य कार्यालयमा समेत सीसी टिभी जडान गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment