Comments Add Comment

उत्कृष्ट प्राविधिक प्रतियोगिता

७ चैत, काठमाडौं । अग्नि ग्रुप प्रालिको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्स प्रालिले हालै उत्कृष्ट प्राविधिक प्रतियोगिता सम्पन्न गरेको छ । यस्तो प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुमा पनि गर्दै आएको थियो ।

प्रतियोगितामा नेपालका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए ।  पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो ।
तालिमको संयोजन सन्तोष पौडेलले गरेका थिए भने तालिम बलराम सत्यालले दिए ।

तालिममा सर्भिस म्यानवापरहरुलाई काम गर्ने तरिका, गुणस्तरीयता, जस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदानगरिएको थियो । यसमा ए एम अटोमोबाइलस, बल्खुका अष्ट नारायण महर्जन विजयी भए । पहिलो रनरप गणपुर अटोवक्र्स, नेपालगञ्का अनुपकुमार मिश्र र दोस्रो रनरअप दक्षिणकाली इन्कर्पोरेटेड, धनगढीका मणिराम चौधरी भए ।

विजेताहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्रवितरण गरिएको थियो ।

समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिव सुदन श्रेष्ठ (एजिएम अग्नि) तथा प्रमोद क्षेत्री (विएम वीरगञ्ज) को उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment