Comments Add Comment

मन पर्ने सेक्स आसनबारे शाहिद कपुरकी पत्नीको यस्तो जवाफ

बलिउड अभिनेत्री नेहा धुपियाको च्याट शो ‘भोग न्यू बीबएफएफ’ भारतमा निकै चर्चित छ । यो शोमा नेहाले विभिन्न सेलिब्रिटीहरुलाई बोलाउँछिन् र उनीहरुका नितान्त निजी कुराहरु खोतल्छिन् ।

हालै उनको शोमा उपस्थित भएका थिए अभिनेता शाहिद कपुर र उनकी पत्नी मिरा । उनीहरुलाई नेहाले एउटा असहज प्रश्न सोधिन् । प्रश्न थियो उनीहरुको सेक्स लाइफ बारे ।

उनले पहिले शाहिदलाई सोधिन्, ‘तपाईंको सबैभन्दा मनपर्ने यौन आसन कुन हो ?’ प्रश्नले शाहिद लजाए । कुनै जवाफ दिन सकेनन् । अनि नेहा मिरातिर फर्केर त्यही प्रश्न सोधिन् । शाहिदले मिरालाई त्यसको जवाफ नदिन ईशारा गरे, तर मिरा चुप बस्न सकिनन् ।

उनले भनिन्, ‘बेडमा सँधै उहाँ हाबी हुनुहुन्छ । उहाँ जे भन्नुहुन्छ, म त्यही गर्छु ।’

कुराकानीका क्रममा नेहाले शाहिदलाई अर्को प्रश्न सोधिन्, ‘के तपाईंलाई कुनै महिलाले धोका दिएको छ ?’

प्रश्नले शाहिद एकछिन सोचमग्न भए । त्यसपछि उनले जवाफ दिए, ‘एक जनाले धोका दिएकोमा म निश्चित छु । तर अर्कोमा मलाई शंका छ ।’

शाहिदले भनेको एकजना करिना कपुर नै हुनुपर्छ । एकताका शाहिद र करिनाको प्रेम उत्कर्षमा थियो । तर, शाहिदलाई धोका दिएर करिना सैफ अली खानतिर सल्केकी थिइन् । अहिले त करिनाले सैफसित बिहे गरेर छोरा पनि पाइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment