Comments Add Comment

पाकेटमार श्रीमानलार्इ छुटाउन प्रहरीलाई ३ लाख दिने युवती पक्राउ


८ चैत, काठमाडौं । पाकेटमारको आरोपमा पक्राउ परेका पतिलाई छुटाउन ३ लाख रुपैयाँ घुस दिएर प्रहरीलाई नै फसाउन खोज्ने युवती पक्राउ परेकी छन् ।

कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गरेको आरोपमा बुधबार धुलिखेलका २४ वर्षीय विवेक लामालाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

उनलाई महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरीले साँझ ७ बजे सिनामंगलबाट रंगेहात पक्राउ गरेको थियो ।

उनकी पत्नी २३ वर्षीया शर्मिला तामाङले पतिलाई छुटाउन ३ लाख २४ हजार रुपैयाँ दिने भनी प्रहरीलाई नै फसाउन खोजेपछि उनलाई पनि पक्राउ गरेको महानगरीय प्रहरी प्ररिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

शर्मिलालाई भने प्रहरीले पशुपतिको वनकाली क्षेत्रबाट राति पौने १२ बजे पक्राउ गरेको हो ।

‘विवेक लामाको श्रीमतीले प्रहरीलाई आर्थिक प्रलोभन देखाइ अनुसन्धान प्रभावित बनाई आफ्नो पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरी फसाउनेसमेत योजना रहेको अनुसन्धानबाट खुल्न आएको’ प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment