Comments Add Comment

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको सभापतिमा पोखरेल चयन

८ चैत, काठमाडौं । प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न गठित १३ सदस्यीय मस्यौदा समितिको सभापतिमा नेकपा एमाले सांसद कृष्णभक्त पोखरेल चयन भएका छन् ।

अधिवक्ता समेत रहेका पोखरेल यसअघि दोस्रो संविधानसभा पनि मस्यौदा निर्माणमा सहभागी थिए ।

गत फागुन १२ गतेनै मस्यौदा समितिमा १३ सदस्य सिफारिस भएका थिए । समितिमा एमालेबाट पोखरेलसहित रवीन्द्र अधिकारी, जुलीकुमारी महतो, बृजेशकुमार गुप्ता, विन्दा पाण्डे सदस्य छन् । कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू र डा.मिनेन्द्र रिजाल सदस्य छन् ।

माओवादीबाट देव गुरुङ, रेखा शर्मा, संघीय समाजवादी फोरमबाट विमलप्रसाद श्रीवास्तव, राजपाबाट लक्ष्मणलाल कर्ण र नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल समितिमा छन् ।

समितिले प्रतिनिधिसभा अन्तर्गत रहने संसदीय समितिहरुको नाम र संख्या तोक्ने लगायत बैठक सञ्चालनको कार्यविधि तय गर्नेछ । सोमबारदेखि मस्यौदामा छलफल अघि बढ्ने पोखरेलले बताए ।

प्रतिनिधिसभामा लेखा समिति, राज्य व्यवस्था समिति, विकास समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समिति, अर्थ समिति, सुशासन अनुगमन समिति, प्राकृतिक स्रोत साधन समिति लगायतका विषयगत समितिहरु रहने गरी छलफल अघि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment