Comments Add Comment

न्यायालयमा भ्रष्टाचार भएको धेरै गुनासो छ : कानूनमन्त्री तामाङ

८ चैत, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायालयमा व्यापक भ्रष्टाचार भएको गुनासो आइरहेको भन्दै आफू्ले  भ्रष्टाचारमुक्त न्यायालय बनाउन विशेष पहल थाल्ने बताएका छन् ।

रिपोर्टस क्लबले बिहीबार गरेको साक्षात्कारमा उनले भने ‘पीडित भन्दा पीडकले बढी फाइदा लिएको गुनासो छ, यो गुनासो धेरै ठूलो छ, पीडकले उन्मुक्ति पाउने स्थितिको अब अन्त्य गर्नुपर्छ’ मन्त्री तामाङले भने ।

उनले न्यायालयको भ्रष्टाचार नियन्त्रण गर्न र न्यायाधीशहरुको सम्पत्ति सार्वजनिक गर्न तत्काल कानून ल्याउने पनि बताएका छन् ।

मन्त्री तामाङले न्याय परिषद ऐनकै एउटा दफा संशोधन गरेर न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था ल्याउने बताएका छन् ।

‘अहिलेसम्म न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था थिएन, अब सम्पत्ति अनिवार्य रुपमा सार्वजनिक गर्ने कानूनको व्यवस्था गर्छु, सम्पत्ति विवरण बुझाएरमात्रै हुँदैन, सार्वजनिक नै गर्नुपर्छ’ उनले भने ।

सम्पत्ति सार्वजनिक गर्ने कानून बनाउँदा आउने जस्तोसुकै दबाब थेग्न आफू तयार रहेको कानुनमन्त्री तामाङले बताए । उनले आफूले संसदबाट उक्त कानून पास गराएरै छाड्ने अठोट व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment