+
+

भण्डारी दम्पत्ति हत्याकाण्डः सात वर्षपछि पक्राउ परे सुटर

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ चैत ११ गते १७:११

११ चैत, बुटवल । ब्यापारी दम्पत्ति रमेश र आस्था भण्डारी हत्याकाण्डका सुटर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बुटवल सालझण्डीका अर्जुन गौतम छन् । गौतमका नाममा रेडर्कनर नोटिस जारी भएको थियो ।

उनलाई सुनौलीबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली बताए । ‘भारतीय प्रहरीसँगको समन्वयमा उनलाई नेपाल ल्याइएको हो’, ज्ञवालीले भने ।

गौतमसहित ४ जनाको समूहले ९ असार २०६७ मा बुटवलको ब्यस्त बजार जेसिजचोकमा भण्डारी दम्पत्तिमाथि गोली हानेका थिए ।

आशालाई एक र रमेश भण्डारीलाई २ राउण्ड गोली हानेर यो समूहले ५ लाख १८ हजार रकम लुटेको थियो ।

घटनामा संलग्न दुई जना अहिले पनि जेलमा छन् । अर्जुनका सहोदर दाजु कृष्ण भने अझै फरार छन् ।

अर्जुन गौतम २०६५ पुस २१ गते अटोमेटिक पेस्तोल र गोली १२ राउण्ड सहित पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?