Comments Add Comment

मदन भण्डारी गोल्डकप: झापा ११ लाई हराउँदै एपीएफ क्वार्टर फाइनलमा

११ चैैत, बुटवल । झापा ११ माथि सहज जित निकाल्दै एपीएफ क्लब बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुटवलको मानव ज्ञान मावि मैदानमा आइतबार एपीएफले झापा ११ लाई ४-२ ले हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

खेलको पाँचौं मिनेटमा झापाका कर्ण लिम्बुले टिमलाई अग्रता दिलाए पनि १८ औं मिनेटमा एपीएफका रामकुमार कुमालले गोल गरेर खेल बराबरीमा ल्याए ।

एपीएफका नवीन लामाले ३६ औं, ६१ औं र ८८ औं मिनेटमा गोल गरेर ह्याटि्रक पूरा गरे । लामाले पहिलो गोल पेनाल्टीमा गरेका थिए । झापाका लागि दोस्रो गोल ६० औं मिनेटमा खमिर गिल्सान खवाले गरेका थिए ।

सोमबार सुरु हुने क्वार्टरफाइनल चरणको पहिलो खेलमा त्रिभुवन आर्मी र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

तस्वीर सौजन्यः श्रीप्रसाद थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment