Comments Add Comment

क्रिकेट खेलाडी संघको अध्यक्षमा पाण्डे चयन

११ चैत,   काठमाडौं । क्रिकेट खेलाडी संघ नेपालको अध्यक्षमा डा. मनिषराज पाण्डे चयन भएका छन् ।

संघको आइतबार भएको तेस्रो साधारणसभाले पाण्डेको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा राजु खड्का र सीता रानामगर, महासचिवमा पारस खड्का, सचिवमा राजु बस्नेत र कोषाध्यक्षमा पृथु बाँस्कोटा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बसन्त शाही, दीपेन्द्र चौधरी, सुवास खकुरेल, सोमपाल कामी र करुणा भण्डारी रहेका छन् । संघको यसअघिको अध्यक्ष पवनकुमार अग्रवाल रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment