Comments Add Comment

१४० फिट अग्लो मन्दिरको छानोमा सय वर्ष पूरानो रुख  (भिडियोसहित)

कुनै डेढसय फिट अग्लो भवनको छानोमा रुख उम्रनु नै अनौठो हो । यस त्यो रुखको हेरचाह गर्ने कुरा अर्को अद्धितीय काम हो । चीनमा चाहिँ यस्तै चलिरहेको छ ।

चीनको हुवाङगाङ सहरमा एउटा अनौठो रुख छ । त्यो रुख १ सय वर्षअघि उम्रिएको हो । रुख पूरानौ भएर अनौठो भएको होइन की यो जहाँ छ, त्यो ठाउँ नै अनौठो छ ।

यो रुख १ सय ४० फिट अग्लो प्यागोडा मन्दिरको छतमा रहेको छ । रुख त्यहीँ नै उम्रिएको हो आफै । उक्त मन्दिर चाहिँ सन् १५४७ मा बनेको हो ।

मन्दिरको छानोमा रहेको त्यो रुखको आकार पनि ठूलो भैसकेको छ र अझै पनि हराभरा छ ।

यो रुख अहिले पर्यटकको केन्द्र बनेको छ र यसको संरक्षण र हेरचाहको लागि विज्ञहरुले जुक्ति निकालेका छन् । त्यति उचाइमा सामान्य तरिकाले रुखलाई पानी हाल्न सकिँदैन । त्यसैले उक्त रुखलाई फायर बि्रगेड इन्जिनद्वारा रुखमा पानी हालिन्छ ।

यो रुखमा पानी हाल्दै गर्दाको भिडियो सोसल मिडियामा खुबै भाइरल बनिरहेको छ ।

हेर्नुस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment