Comments Add Comment

सुरु भयो सेतो मच्छेन्द्रनाथ रथ यात्रा, हेर्नुस् ७ तस्वीर

११ चैत, काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन शुरु गरिने सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ यात्रा सुरु भएको छ ।

चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने रथयात्रालाई आइतबार तानेर असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ ।

चौथो दिन लगनमा रथ घुमाइन्छ । पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । यसरी चैत १५ गते सेतो मच्छेन्द्रनाथको रथ यात्रा सकिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख बैकुण्ठ रेग्मीले बताए ।

यसवर्ष रथ निर्माणका लागि चार लाख र रथयात्रा चलाउने एवं मच्छेन्द्रनाथको पूजाआजा चलाउने रैरकमीलाई खानगीलगायत शीर्षकमा चार लाख रुपैयाँ व्यवस्था गरिएको उनले बताए ।

मच्छेन्द्रबहालमा रथ ल्याएपछि पूजा गरी प्रसाद खाइन्छ । यसपछि घर घरमा भोज खाने चलन छ । यो विधि अपनाएमा देशमा अनिकाल हटी सहकाल आउँछ भन्ने स्वयम्भू पुराणको बुद्धवचनमा उल्लेख छ ।

आइतबार बिहान अष्टमी हुँदा नै सूर्योदय हुने भएकाले सेतो मच्छेन्द्रनाथको रथयात्रा पनि सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेका पात्रोमा उल्लेख गरिएको अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment