Comments Add Comment

वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङ सञ्चालनमा


१२ चैत, काठमाडौं । २६ औं मर्चेन्ट बैंकको रुपमा वेल्थ म्यानेजमेन्ट एण्ड मर्चेन्ट बैंकिङले मर्चेन्ट बैंक व्यवसाय सञ्चालनको अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई लगानी व्यवस्थापन कार्य गर्न अनुमति दिएको हो । काठमाडौं मैतिदेवी कम्प्लेक्समा कार्यालय रहेको कम्पनी ५ करोड चुक्ता पुँजी सहित सञ्चालनमा आउने भएको हो ।

विगतमा लामो अवधिदेखि सेयर बजारको अनुभव भएका व्यक्तिहरुले कम्पनी सञ्चालनमा ल्याएका हुन् । पुर्व सेयर ब्रोकर सचिन सिलवाल, अमित सुवेदी र पुराना सेयर लगानीकर्ता पुरुषेत्तम चिमौरिया लगायत यसमा आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment