Comments Add Comment

प्रदेश ४ मा मन्त्रिपरिषदले पायो पूर्णता, अर्थमन्त्री बने किरण गुरुङ

१२ चैत, पोखरा । एमालेभित्रको आन्तरिक विवाद मिलेसँगै प्रदेश ४ को मन्त्रिपरिषदले सोमबार पूर्णता पाएको छ ।

७ सदस्यीय प्रदेश सरकारमा सोमबार ३ मन्त्री थपिएकमा हुन् । एमालेबाट किरण गुरुङ, विकास लम्साल र नरदेवी पुनमन्त्री बनेका हुन् ।

गुरुङले आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । मूख्यमन्त्रीका दाबेदार गुरुङलाई एमाले नेतृत्वले साथ नदिएपछि सहमतिकै आधारमा अर्का नेता पृथ्वीसुब्बा गुरुङ मूख्यमन्त्री बनेका थिए । मूख्यमन्त्री बन्न नपाएपछि किरण मन्त्रीमै चित्त बुझाउँदै प्रदेश सरकारमा सामेल भएका छन् ।

नरदेवी पुनले सामाजिक विकास मन्त्रालय र विकास लम्सालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिवम्मेवारी पाएका छन् । यसअघि उद्योगमन्त्री रामशरण बस्नेत भएपनि उनलाई भौतिक पूर्वाधार मन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

नवनियुक्त मन्त्रीहरुले सोमबार नै प्रदेश प्रमुख बाबुराम कुँवर समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । ।

फागुन ४ गते मन्त्रिपरिषद गठन भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँगै उद्योगमन्त्री बस्नेतले शपथ लिएका थिए भने साँझ माओवादीका हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment