Comments Add Comment

सन्दिपले भने-आईपीएललाई लिएर उत्साहित छु

१२ चैत, काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने आपीएललाई लिएर आफू उत्साहित रहेको बताएका छन् ।

सन्दिप दिल्ली डेयरडेभिल्समा आवद्ध भएका छन् र आईपीएलको तयारीका लागि भोलि दिल्ली जाँदैछन् । सोमबार पत्रकार सम्मेलन गरेर १७ वर्षीय सन्दिपले भने, ‘उत्साहित छु । त्यहाँबाट धेरै कुरा सिकेर नेपाल क्रिकेटमा लागू गर्न चाहन्छु ।’

मेडिकल लगायतका प्रक्रिया पुरा गरेपछि २९/३० तारेखबाट ट्रेनिङ सुरु हुनेछ । सन्दिपका लागि यो समय अत्यन्त महत्वपूर्ण हुनेछ । यहाँ उनले टिममा भएका खेलाडीहरुसँग सिक्ने मात्र होइन, आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन् ।

र, अभ्यास खेलहरुमा नले आफ्नो प्रभाव छोड्न सके आईपीएलमा डेब्यू सुनिश्चित हुनेछ ।

सन्दिपको छलाङ

पुवुदु दशानायकको आँखामा पर्नुअघिसम्म सन्दिप लामिछानेलाई नेपाली क्रिकेटले पनि चिनेको थिएन तर, दुई वर्षको अन्तरालमा उनको करियरले ठूलो छलाङ मारेको छ ।

यू-१९ हुँदै राष्ट्रिय टोलीको नियमित सदस्य भइसकेका सन्दिपले आईपीएल टिममा आवद्ध हुने पहिलो खेलाडीको सौभाग्य पाएका छन् । अब आईपीएल खेल्ने र नेपाली खेलाडीका रुपमा राम्रो प्रभाव छाड्ने लक्ष्य दिएर भोलि दिल्ली जाँदैछन् ।

उनी छोटो समयमा पाएको यो सफलताको सबै श्रेय नेपाल टिमलाई दिन चाहन्छन् । भन्छन्, म नेपाली टिमका लागि खेलिरहेको छु, त्यसमा नै गर्व लाग्छ । किनभने शायद नेपालका लागि नखेलेको भए म केही पनि हुने थिइनँ ।’
‘त्यसैले यहाँसम्मको यात्राका लागि सबै श्रेय यू-१९ र सिनियर टिमसँगै प्रशिक्षकलाई दिन चाहन्छु ।’

चुनौती होइन, अबसर

सन्दिप आईपीएल टिममा आवद्धता आफ्ना लागि चुनौती भन्दा पनि अवसर भएको मान्छन् ।

गत सिजन रसिद खानले राम्रो प्रदर्शन गर्दा यो पटक अफगानिस्तानका अरु खेलाडीले पनि मौका पाएका छन् ।

सन्दिपको हकमा पनि यदि उनले डेब्यूसँगै राम्रो प्रदर्शन गर्न सके अरु नेपाली खेलाडीका लागि पनि ढोका खुल्नसक्छ ।

सन्दिप भन्छन्, ‘मैले अवसर पाएको छ । मैले राम्रो गर्न सकेँ र मेरो टिम दिल्लीले राम्रो गर्‍यो भने म भन्दा धेरै योग्य दाइहरु हुनुहुन्छ । उहाँहरुका लागि बाटो खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment