Comments Add Comment

अब हरेक महिना ६ उत्कृष्ट प्रहरीलाई ‘काठमाडौं प्रहरी अवार्ड’

डिएसपीलाई ५० हजार, प्रहरी जवानलाई १० हजार

१३ चैत, काठमाडौं । काठमाडौं प्रहरी परिसरले हरेक महिना ६ जना उत्कृष्ट प्रहरीलार्इ ‘काठमाडौं प्रहरी अवार्ड’ ले सम्मान गर्ने भएकाे छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) देखि प्रहरी जवानसम्म गरी ६ जनालाई हरेक महिना पुरस्कृत गर्न लागिएको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले मातहतका प्रहरी अधिकृत मध्ये उत्कृष्ट प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने बताए ।

उनका अनुसार उत्कृष्ट छनौट भएका कर्मचारीलाई एक औपचारिक समारोहका बीच प्रमाण–पत्रसहित नगद पुरस्कारले पुरस्कृत गरिनेछ ।

‘उत्कृष्ट प्रहरी कर्मचारी छनौट सम्बन्धी मापदण्ड बनाएर पारदर्शी र वैज्ञानिक रुपमा छनौट गर्ने कार्ययोजना बनाएका छौं’, पोखरेलले भने, ‘गुण्डागर्दी, तस्करी, हुण्डी तथा जघन्य प्रकृतिका अपराधविरुद्ध सशक्त रुपमा काम गर्नेलाई प्राथमिकता दिइने छ ।’

पुरस्कारका लागि परिसरले नेपाल बंगलादेश बैंक लिमिटेडसँग सहकार्य गरेको परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनकुमार थापाले बताए । कार्यालय प्रमुख पोखरेल र बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाबीच मंगलबारै सम्झौता पत्रमा समेत हस्ताक्षर भएको उनको भनाइ छ ।

सम्झौता अनुरुप बैंकले प्रहरी अधिकारीलाई पुरस्कृत गर्न एक वर्षसम्मलाई १८ लाख ६० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ ।

याे नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा बढी पुरस्कार राशि भएकाे परिसरकाे दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment