१४ चैत, डोटी । प्रदेश ७ ले आगामी आर्थिक वर्षको बजेटका लागि तयारी गरेको छ । बजेटको तयारी स्वरुप केही दिनमै सरकारले स्वेतपत्र जारी गर्ने आन्तरिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताए ।
‘शिक्षा, स्वास्थ्य भौतिक पूर्वाधार जस्ता विषयहरुमा जनतालाई यथार्थ जानकारी गराउनु आवश्यक छु मन्त्री बोहराले भने ‘त्यसैले प्रदेश सरकारले सत्य तथ्यमा आधारित भएर स्वेतपत्र जारी गर्दैछ ।’
सरकारले बजेट तयार गर्न प्रदेशको आवश्यकता र राजश्व तथा आम्दानीको विश्लेष्ण गरेको छ । जसअनुसार प्रदेश ७ मा ठूलो घाटमा देखिन्छ ।
प्रदेश ७ को खर्च करिब साँढे ५१ अर्ब रहेको तर राजश्व ८ अर्ब ६६ करोड मात्रै रहेको मन्त्री बोहराले डोटीमा आयोजित पत्रकार सम्मेलनमा जारी दिए । ‘अहिलेको अवस्थामा प्रदेश सरकारको बजेट करिब साँडे ४३ अर्ब घाटामा छ, यो प्रदेश सरकारलाई समस्या छु मन्त्री बोहराले भने । उनले अहिलेको बजेटमा करिब ३७ अर्ब प्रशासनिक क्षेत्रमा खर्च हुने गरेको सुनाए ।
प्रदेश ७ मा चालु आर्थिक वर्षका बाँकी महिनाका लागि एक अर्ब दुई करोड पाँच लाखको आंशिक बजेट ल्याउने तयारी छ । यो बजेट चैत ३० गतेभित्र संसदमा प्रस्तुत गर्ने तयारी भएको मन्त्री बोहोराको भनाइ छ ।
प्रदेश सरकारले ल्याउन लागेको आंशिक बजेटले खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, सडकलाई प्राथमिकतामा राखेर बजेट बनाउन लागेको जानकारी दिए ।
यस्तै संबिधान अनुसार आगामी असार १ गतेभित्र आर्थिक वर्ष ०७५/७६ को बजेट ल्याउनु पर्ने व्यवस्था भएकोले सरकारले उक्त बजेटको समेत तयार गरेको मन्त्री बोहराले जानकारी दिए ।
‘आगामी आर्थिक वर्षको बजेट प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने गरी आउँछु मन्त्री बोहराले भने,’अहिले प्रदेशमा करिब २५ करोडको तरकारी र गेडागुडीमात्रै आयात हुने गरेको रहेछ, यसलाई शून्यमा झार्ने गरी काम गर्नु पर्नेछ ।’
उनले प्रदेश सरकारले कृषि क्षेत्रमा माटो परीक्षण, कृषि बिमा, अनुदान, मानसुन ईन्डेक्स लगायतको व्यवस्था गर्ने सोच बनाएको बताए । आगामी आर्थिक वर्षको बजेट २०-३० अर्बको हुने मन्त्री बोहराले बताए ।
प्रतिक्रिया 4