Comments Add Comment

गोंगबुमा खाजा घरको नाममा ‘कोठी’ !

१४ चैत, काठमाडौं । काठमाडौंको टोखा–६, गोंगबुमा न्यू पाल्पाली रानीमहल खाजा घरको नाममा यौनधन्दा हुने गरेको खुलेको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले खाजा घरबाट होटल सञ्चालक हेमन्त गैरे र सानु राईसहित दुई जना महिलालाई नियन्त्रण लिएसँगै खाजा घरको नाममा ‘कोठी’ सञ्चालन हुने गरेको खुलेको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार होटलमा वेटर तथा सरसफाई गर्ने भनेर महिलालाई सुरुमा काममा लगाउने र इच्छा विना अपरिचित व्यक्तिहरुलाई बोलाएर पटकपटक जबरजस्तीकरणी गराउने अनुसन्धानबाट खुलेको छ ।

‘अपरिचित पुरुषहरुसँग बस्न र जान मानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको पनि युवतीहरुले बयान दिएका छन्’, परिसरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एक दिनमा ५ࡣ६ जनासँग यौन धन्दामा लगाएर युवतीहरुलाई रकम समेत नदिने गरेको देखिएको छ ।’

पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment