Comments Add Comment

केकी र प्रियंकाको ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर रिलिज


नायिका केकी अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकार उपस्थित थिए । विशाल भण्डारीको कथा तथा निर्देशन रहेको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रको ट्रेलरलाई पूर्ण रुपमा कमेडी बनाउन खोजिएको छ । निर्देशक भण्डारीले पत्रकार सम्मेलनमा भने-‘मेरो चलचित्रले कसैलाई केहि सिकाउँदैन । १ घन्टा ५५ मिनेट पूर्ण रुपमा हसाउँछ ।’

चलचित्रको ट्रेलर औषत छ । चलचित्रलाई कमेडी भनिएतापनि संवादहरु दर्शकले संझने खालका छैनन् । चलचित्रको ट्रेलरको मेकिङमा चलचित्रको गुदी के हो भन्ने नै भेट्टाउन मुश्किल पर्छ ।

नायिका केकी अधिकारीले चलचित्रमा अभिनय गर्न भन्दा बनाउन धेरै गाह्रो रहेको अनुभव सुनाइन् । यस्तै, नायिका प्रियंका कार्कीले चलचित्र नै आफ्नो वरिपरी घुम्ने बताइन् ।

चलचित्रको ट्रेलरमा कलाकार रविन्द्र झा हाबी छन् । चलचित्र पैसाको झेलको वरिपरी घुमेको ट्रेलरबाट पनि थाहा हुन्छ । चलचित्रमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिवप्रसाद चौलागाइको लगानी छ ।

चलचित्रमा अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, विशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा तथा संवाद, कालिप्रसाद बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत छ । यो चलचित्र वैशाख १४ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment