+
+

ट्रिपर दुर्घटनामा एकको मृत्यु,चार घाइते

रासस रासस
२०७४ चैत १५ गते १६:४९

१५ चैत, पाल्पा  । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु र चारजना घाइते भएका छन् ।

बुटवलबाट पाल्पा आउँदै गरेको ना १ ख ९००५ नं को टिपर अनियन्त्रित भई दुर्घटना हुँदा रिब्दिकोट गाउँपालिका– २ देउराली बस्ने वर्ष १७ का देवेन्द्र लम्तरीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिपरमा रहेका अन्य चार घाइतेको उपचार भइरहेको छ । सडकबाट करिब ३५ मिटर तल खसेको सो टिपरमा पाँचजना यात्रु सवार थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?