+
+

स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रहः भ्रष्टाचारबाट टाढै रहनुस्

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १७ गते १४:००

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भए मात्र देश सफल हुने बताएका छन् ।

राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले त्यो कुरा महसुस गरे कि गरेनन् महत्वपूर्ण हुने उनले बताए ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको शनिबार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी तपाईंहरुले काम गर्नुहोस् ।’

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधिको संख्या उल्लेख्य रहेको भन्दै उनले धेरै काम हुनेमा आफू आशावादी रहेको बताए । ‘अहिले ५१ प्रतिशत उपाधक्ष्य ४० बर्ष भन्दा मुनीका, एक चौथाइ अध्यक्ष ४० बर्ष भन्दा कम उमेर समूहका छन्’ प्रधानमन्त्री ओलीले भने, ‘४० प्रतिशत जनप्रतिनिधि त महिला नै छन् । यस्तो बेलामा पनि स्थानीय तहको विकास नभए कहिले होला त ?’

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढै रहन आग्रह गरेका छन् । भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुलाई टाढाबाट हेर्दा मात्र होइन, नजिकबाट हेर्दा पनि दाग नदेखियोस् ।”

उनले स्थानीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने बताए । सरकारले कर्मचारी समायोजनको काम अघि बढाइसकेकोले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?