+
+

जिफन्टको अध्यक्षमा श्रेष्ठ, रिमाल बने संरक्षक

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १७ गते १४:४५

१७ चैत, काठमाडौं । एमालेसम्वद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् ।

श्रेष्ठको नेतृत्वमा राष्ट्रिय कमिटी गठन गर्दै सातौं राष्ट्रिय महाधिवेशन सकिएको हो । उपाध्यक्षहरुमा रमेश बडाल (विदेश मामिला), विदुर कार्की (योजना समन्वय तथा व्यवस्थापन), गुणराम आचार्य (आर्थिक प्रशासन), दिपक पौडेल (श्रम सम्वन्ध परिषद), जितेन्द्र श्रेष्ठ (प्रचार तथा प्रकाशन), मञ्जु थापा (ट्रेड युनियन शिक्षा), कमल गौतम (सामाजिक सुरक्षा तथा श्रमिक सहकारी) तथा मिना गुरुङ (अध्यक्ष, महिला कमिटी) हछन् ।

८ उपाध्यक्ष मध्ये ७ जनाले एक-एक प्रदेशको जिम्मेवारी सम्हाल्नेछन् ।

यसैगरी महासचिवमा जनक चौधरी, उपमहासचिवद्धयमा दिनेश राई तथा पूर्णकुमारी कार्की चयन भएका छन् । ५ जना सचिवमा त्रिविक्रम ज्ञवाली (आर्थिक), बेली मैया घले (ट्रेड युनियन शिक्षा), निशा बानियाँ (श्रम सम्वन्ध परिषद), सुनिता थापा (महिला) तथा दामोदर सापकोटा (विदेश मामिला) छन् ।

महाधिवेशनले जिफन्टको संरक्षकमा निवर्तमान अध्यक्ष विष्णु रिमाललाई चयन गरेको छ । हरिदत्त जोशी प्रतिनिधि परिषद प्रमुख र विष्णु लम्साललाई केन्द्रीय अनुशासन निरिक्षण आयोगको प्रमुख चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?