Comments Add Comment

आकाश र आँचलको केमेष्ट्री कति सुहायो ?


नेपाली चलचित्रका गीतसंगीत अहिले उत्कृष्ट बन्न थालेका छन् । अझ, गीतको भिडियो मेकिङमा निर्माणपक्षले ध्यान दिन थालेपछि गुणस्तर पनि सुध्रिएको छ ।
आइतबार सार्वजनिक भएको चलचित्र ‘ब्ल्याक’मा समावेश ‘पल पल हरपल’ बोलको गीतको भिडियो हेर्दा यस्तै महशुश गर्न सकिन्छ ।

सुगम पोखरेलको स्वर, डाक्टर कविराज बान्तवाको शब्द, महेश खड्काको संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी आकर्षक छ । कोरियोग्राफर रामजी लामिछाने र छायांकार रामशरण उप्रेतीले गज्जबको काम गरेका छन् । दृश्य मनमोहक छ । सोही दृश्य अनुसार कोरियोग्राफर खेलेका छन् भने छायांकारले दृश्य खिचेका छन् ।

तर, यो गीतको अडियो दर्शकले सुन्ने वित्तिकै याद गर्ने खालको छैन । गीतको अडियो भिडियोको तुलानामा कमजोर छ । यो भन्दा उत्कृष्ट गीत भएको भए भिडियोको स्तर अनुसार सुहाउने थियो ।

प्रदिप श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजालको अभिनय छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आकाश र आँचललाई फिचरिङ गरिएको छ ।

चलचित्रमा आश्मा पाण्डेको लगानी छ भने चेतनकुमार पाण्डे यसका कार्यकारी निर्माता हुन् । मौनता श्रेष्ठले लेखेको यो चलचित्रमा चन्द्र पन्तको एक्सन छ । चलचित्र जेठ ११ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment