Comments Add Comment

प्रश्नपत्र अभावमा कक्षा ८ को परीक्षा एक घण्टा ढिलो

तीनजनालार्इ विद्यार्थीलार्इ एउटा प्रश्नपत्र

१८ चैत, बर्दिवास । बर्दिवास नगरपालिकामा सञ्चालन भएको नगरस्तरीय आधारभूत तह (कक्षा आठ) को परीक्षामा पश्नपत्र र उत्तर पुस्तिका अभाव भएको छ ।

प्रश्नपत्र र उत्तरी पुस्तिका अभाव हुँदा एक बजे सञ्चालन हुनुपर्ने परीक्षा ४५ मिनेट ढिलो गरी सुरु भएको थियो । आज गणित विषयको परीक्षा रहेको थियो ।

बर्दिवास नगरपालिका-५ स्थित इच्छेश्वर माध्यामिक बिद्यालय चेरुमा प्रश्न पत्र र उत्तर पुस्तिका अभाव भएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष युवराज अधिकारीले बताए ।

बर्दिवास नगरपालिकामा चैत १५ गते देखि नगरस्तरीय आधारभुत तहको परीक्षा सञ्चालन भइरहेको छ ।

प्रश्नपत्र अभाव हुँदा इच्छेश्वर माध्यामिक बिद्यालय चेरुमा परिक्षार्थीहरु एउटा प्रश्नपत्रको भरमा तीन जना विद्यार्थीहरु एउटै पश्नपत्रबाट परीक्षा दिन बाध्य भएको परीक्षा केन्द्रले जनाएको छ ।

हाल उक्त परीक्षा केन्द्रमा ७८ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

बर्दिवास नगरपालिकामा सञ्चालन भइहेको नगरस्तरीय आधारभुत तह परीक्षामा परीक्षा समितिको हेलचक्राईका कारण पश्नपत्र अपुग हुनुका साथै विद्यार्थीहरुको भविष्य अन्योलमा परेको हो ।

परीक्षा समितिको हेलचक्राईका कारण आधारभूत तहका परीक्षामा सहभागी ३६ जना विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

बर्दिवास नगरपालिका-५ स्थित इच्छेश्वर माध्यामिक विद्यालय चेरुमा सञ्चालन भैरहेको आधारभूत तहको परीक्षामा तीनदिनदेखि प्रश्न पत्र र उत्तर पुस्तिका अभाव भएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष युवराज अधिकारीले बताए ।

परीक्षार्थी सहभागी अनुसार समितिले पश्नपत्र नपठाएको केन्द्राध्यक्षको आरोप छ ।

परीक्षा सञ्चालन गर्नु एक हप्ता अगावै केन्द्र तोकिएको भएपनि शिक्षामा राजनीति भएको कारण परीक्षा सञ्चालन गर्नु एक दिनअघि यस बिद्यालयमा दिएको केन्द्र परीक्षा समितिले परिर्वतन गरेको उनको आरोप छ ।

परीक्षा समितिकै निर्णयमा परीक्षा केन्द्र तोकिएको र परीक्षा सुरु हुनु एक दिन अगाडि केन्द्र परिर्वतन गरिएको छ ।

केन्द्र परिर्वतन बिना आधार गरिएको केन्द्राध्यक्ष अधिकारीको भनाइ छ । केन्द्र परिर्वतनको समेत मापदण्ड हुन्छ, तर त्यसै हचुवाको भरमा केन्द्र परिर्वतन भएको उनले बताए ।

केन्द्र परिवर्तनले गरेको कुनै पत्र नआएपनि बिद्यार्थीमाथि मानसिक दवाव दिने कार्य भएको उनले बताए ।

नगरस्तरीय आधारभूत तह परीक्षा समितिको २०७४ चैत ६ गते बसेको निर्णयले परीक्षा केन्द्र इच्छेवर माध्यमिक विद्यालयलाई तीन विद्यालयको केन्द्र तोकेको थियो ।

उक्त विद्यालयमा इच्छेवर मावि, नेपाल राष्ट्रिय आधारभूत बिद्यालय ढुङग्रे, र श्री अधारभूत बिद्यालय गड्न्ता गरी तीन विद्यालयको परीक्षा केन्द्र तोकी आवश्यक तयारी गर्न गराउन अनुमति दिदै पत्र पठाएको थियो ।

परीक्षा सञ्चालन समितिले परीक्षा हुनु एक दिन अगाडि परीक्षा केन्द्र परिवर्तन गरिदा बिद्यार्थीहरु अन्योलमा पर्नुका साथै पश्नपत्र र उत्तर पुस्तिका अभावमा परीक्षा दिन बाध्य भएका हुन् ।

परीक्षा सञ्चालन भैरहेको केन्द्रमा यस सम्बन्धमा कुनै आधिकारिक जानकारी नभएको र बिद्यार्थीहरु १५ गते परीक्षा केन्द्रमा आएपछि आफूहरुले पश्नपत्र फाटोकापी गरेर पहिलो दिनको परीक्षा सञ्चालन गरेको केन्द्राध्यक्ष अधिकारीले जानकारी दिए ।

यस सम्बन्धमा यस क्षेत्रका बिद्यालय स्रोतव्यक्ति सूर्यनारायण दासले परीक्षा समितिको अनुसार केन्द्र तोकिएको केन्द्र नेपाल राष्ट्रिय आधारभूत विद्यालय ढुग्रें, र श्री अधारभूत बिद्यालय गड्न्ताको केन्द्र बर्दिवास नगरपालिका ५ स्थित टुटेश्वर माध्यामिक विद्यालयमा तोकिएको बताए ।

उक्त केन्द्रलाई अगाडी नै जानकारी गराएपनि विद्यार्थीहरुलाई जबरजस्ती आफ्नै केन्द्रमा परीक्षा दिन लगाएको उनले बताए ।

विद्यार्थीहरुको केन्द्र एक स्थानमा परिक्षा अर्को केन्द्रमा हुँदा परिक्षार्थीलाई पर्ने असरको बारेमा भने आफूले केही भन्न नसक्ने र परीक्षा समितिको बैठकले निर्णय गर्ने कुरा भएको उनले बताए ।

ढुग्रें, गड्न्ताका विद्यार्थीहरुलाई टुटेश्वर परिक्षा केन्द्र जान १ घण्टाको दुरी तय गर्नुपर्ने हुन्छ ।

नगर स्तरीय आधारभूत तह -कक्षा आठ) को परीक्षाको यसअघि ११ वटा केन्द्र तोकिएकोमा पछि थप २ गरी १३ वटा केन्द्र बनाइएको शिक्षा शाखाले जनाएको छ ।

परीक्षामा बर्दिवास नगरबाट १३ सय ९१ जना परीक्षर्थीहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment