+
+

स्प्राइटको ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ प्रवर्द्धन अभियान

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १८ गते १३:४९

१८ चैत, काठमाडौं। कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्ना उत्पादन ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले यो क्याम्पेनको प्रचार प्रसारमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ नामक योजना संचालनमा ल्याएको छ ।

उक्त ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ थिमको समर क्याम्पेन आफ्ना उपभोक्ताको गर्मी भगाउन ल्याएको कम्पनीले जनाएको छ ।

यो नयाँ क्याम्पेनमो ब्राण्डको बजारमा उपस्थितिलाई दर्शाउने उसको विश्वास छ । ‘पछिल्लो समयमा युवाहरुको जीवनशैली धेरैखाले सोचले बयस्क बन्ने समय निकै कठिन बन्दै गइरहेको छ । विश्वलाई डिजिटल मिडिया लगायत बिभिन्न समाचार एजेन्सी जस्ता सोसल मिडिया माध्यमले युवाहरुलाई सुचना दिइरहेका छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’जसले युवाहरुको आफ्नो वास्तबिक पर्सनालिटि बुझन निकै कठिन भइरहेको छ । यसलाई पत्ता लगाउने धेरै माध्यमहरु छन् जसको प्रयोगले साँचो र युनिक समस्या पत्ता लगाउन र समाधान गर्न निकै सहज हुने छ ।’

नयाँ स्प्राइटको टिभिसी एक सरप्राइजकको रुपमा आएको कम्पनीको भनाइ छ ।  नेपालका कन्टि्र डाईरेक्टर अम्बुज सिंहले भने ‘स्प्राईट एउटा रिफे्रसिङ चिसो पेय पदार्थ हो, जसले तपाईको प्यास मेटाउँछ र तपाईको दिमागलाई ताजा बनाउँछ । यो कर्मशियलले दिन खोजेको मुख्य संदेश भनेको स्पाई पिउने मानिस स्पाईट जत्तिकै क्लियर हुने छन् भन्ने हो । फेरी नि ‘क्लियर छ’ भन्ने विश्वास दिइएको छ । आउँदै गरेको गर्मी मौसममा तपाई जहाँ भएपनि तपाईले चाहनु भयो भने स्प्राईटले तपाईलाई रिफ्रेस बनाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?