Comments Add Comment

कमल थापाले भने–एक दिन सबैले मर्नु पर्छ, झूठ नबोलौं

फाइल फोटो

१९ चैत, काठमाडौं । भूकम्पपीडितलाई थप एक लाख दिने कुनै निर्णय नभएको भन्ने दाबी गलत भएको कमल थापाले बताएका छन् । भूकम्पपीडितलाई १ लाख थप अनुदान दिने निर्णय शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले नगरेको खबर  प्रकाशमा आएपछि उक्त सरकारका उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहेका थापाको यस्तो प्रतिक्रिया आएको हो ।

देउवा सरकारले १० माघमा भूकम्पपीडितलाई एक लाख थप अनुदान दिने निर्णय भएको बताएको थियो । तर, अहिले त्यो निर्णयको माइन्यूट नै नभएको बताइएको छ ।

थापाले भने यो बेइमानी भएको बताएका छन् । ‘भूकम्पपिडितलाई थप १ लाख दिने बारे स्वयं म र मुख्यसचिव भएर मन्त्रिपरिषद्को निर्णय मस्यौदा गरेको हो र मुख्यसचिवले सो बैठकमा सुनाएपछि औपचारिक निर्णय भयो’, थापाले ट्वीट गर्दै भनेका छन, ‘यदि निर्णयलाई माइन्युट नगरेको हो भने सो कार्य मुख्यसचिव र मन्त्रिपरिषद् कार्यालयको बेइमानी हो ।’

उनले अघि लेखेका छन्, ‘एकदिन सबैले मर्नुपर्छ, झूठ नबोलौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment