Comments Add Comment

गृहमन्त्री बादलले सार्वजनिक गरे ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना (पूर्णपाठसहित)

ड्रोनबाट सीमा क्षेत्रको निगरानी गरिने

१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् ।

साेमबार मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको अायोजना गरी गृहमन्त्री बादलले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लार्इ प्राथमिकता दिएका छन् ।

कार्य योजनामा हरेक स्थानीय तहमा एउटा सुरक्षा पोष्ट स्थापना गर्ने, निजामति र प्रहरीतर्फको जनशक्ति व्यवस्थापन तथा सेवा प्रभावकारी बनाउने, सुरक्षा निकायलाई सूचना प्रविधिमैत्री बनाउने, विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण स्थापना गर्न पहल गर्ने र सुशासन प्रबर्द्धन गर्ने उल्लेख छ ।

साथै, ड्रोनको प्रयोग गरेर अब सीमा क्षेत्रको निगरानी गरिने समेत उल्लेख  गरिएको छ ।

‘भारततर्फ एक/एक किलोमिटरमा सुरक्षागढ राखिएका छन्’, गृहमन्त्रीले कार्ययोजना सार्वजनिक गर्दै भनेका छन्, ‘नेपालतर्फ २५ किलोमिटरको दुरीमा सुरक्षा पोष्ट छन् । यो दूरीलार्इ कम गर्न जनशक्तिको पनि अभाव छ । त्यसलार्इ परिपूर्ति गर्न अब ड्रोनको प्रयोग गर्नेछाैं ।’

पढ्नुस् कार्ययोजनाको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment