+
+
Shares

गृहमन्त्रीको मान्छेसँग ‘कनेक्सन छ’ भन्दै फोन गर्ने युवक समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्रीका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा बाँकेका ३७ वर्षीय धर्मराज मल्ल काठमाडौंमा पक्राउ परेका छन्।
  • मल्लविरुद्ध बाँकेमा दूरसञ्चार ऐन, ३ वटा अभद्र, १ वटा ठगी र १ वटा बैंकिङ कसुरका मुद्दा दर्ता छन्।
  • प्रहरीका अनुसार अडियोबारे सोधपुछ गर्दा उनले अभद्र व्यवहार गरेकाले उनलाई अभद्रको कसुरमा २ दिनको म्याद लिइएको छ।

१२ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।

मल्ल र अर्का एक व्यक्तिले गृहमन्त्रीका मान्छेसँग सम्बन्ध रहेको भन्दै मोलमोलाइ गरेको अडियो समेत सार्वजनिक भएको थियो । पक्राउ परेका मल्लविरुद्ध ६ वटा मुद्दाहरू रहेको समेत खुलेको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

अडियोबारे वास्तविकता बुझ्न सोधपुछ गर्दा उल्टै प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरिएको उनले बताए । उनीविरुद्ध अभद्रको कसुरमा २ दिनको म्याद लिइएको छ ।

बाँकेमा उनीविरुद्ध दूरसञ्चार ऐनको कसुरमा मुद्दा दर्ता भएको र यो मुद्दामा उनी फरार रहेको समेत प्रहरीको बताएको छ ।

बाँकेमै ३ वटा अभद्र १ वटा ठगी र १ वटा बैंकिङ कसुरको मुद्दा समेत उनीविरुद्ध रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?