+
+
Shares

गृहमन्त्रीको निर्देशनपछि काठमाडौंमा रातभर अपरेशन, ५८ विदेशी समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १६:३३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा सोमबार राति प्रहरीले चलाएको संयुक्त स्वीप अपरेशनमा ५८ विदेशी नागरिक पक्राउ परेका छन्।
  • पक्राउ परेकामध्ये २० जना चिनियाँ नागरिक छन् भने बाँकी बंगलादेश, कोरिया लगायतका देशका नागरिक छन्।
  • गृहमन्त्री सुधन गुरुङले सोमबार दिउँसो सीआईबी प्रमुख उमा चतुर्वेदीलाई अवैध गतिविधिमा संलग्न विदेशीलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

६ असोज, काठमाडौं । प्रहरीले सोमबार रातभर काठमाडौंमा अपरेशन चलाएर ५८ विदेशी नागरिक पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)देखि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलगायतको संयुक्त टोलीले सोमबार राति अपरेशनमा खटियो ।

यो टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा स्वीप अपरेशन चलायो । जसक्रममा ५८ विदेशी नागरिकलाई पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । प्रहरी स्रोतका अनुसार यसरी पक्राउ पर्नेमा २० चिनियाँ नागरिक छन् बाँकी भने बंगलादेश, कोरिया लगायत अन्य देशहरूका नागरिक छन् ।

उनीहरू पक्राउको विवरण भने प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन । यसबारे प्रहरीले औपचारिक रुपमा केही बोलेको पनि छैन । अनलाइनखबरको सम्पर्कमा आएका सुरक्षा अधिकारीका अनुसार यो अपरेशन गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि भएको हो ।

सोमबार दिउँसो गृहमन्त्री गुरुङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी उमा चतुर्वेदीलाई निर्देशन दिँँदै अवैध गतिविधिमा लागेकाहरू विदेशीहरूलाई अपरेशन चलाएर पक्राउ गर्न भनेका थिए ।

गृहमन्त्रीको निर्देशनपछि सीआईबीले यो अपरशेनको कमाण्ड गर्दै विदेशीविरुद्ध स्वीप अपरशेन चलाएको हो । अपरेशन चलाएर पक्राउ गरिएका ५८ जना विदेशीहरू कस्तो किसिमका गतिविधिमा लागेका हुन्, उनीहरूको अपराध के हो भन्नेबारे केही पनि सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?