+
+
Shares

त्रिपुरेश्वरमा बसमा आगलागी

काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ ।
  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले आगलागी भएको पुष्टि गर्दै कारण खुल्न बाँकी रहेको भनेका छन् ।

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकको बस स्टप अगाडि बसमा आगलागी भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले बसमा आगलागी भएको पुष्टि गरे ।

‘बस आगलागी भएको भन्ने खबर आएको छ । किन, कसरी आगलागी भयो भन्ने विस्तृत विवरण आउन बाँकी छ’ एसपी सुवेदीले भने ।

बसबाट चालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । बा ५ ख ४२७३ नम्बरको बसमा आगलागी भएको हो । अन्य यात्रुहरु भने बसमा नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?