Comments Add Comment

‘सत्रु गते’ हेर्न प्रधानसेनापति हल पुगे, बन्यो यस्तो रेकर्ड


चलचित्र ‘सत्रु गते’ले रिलिज भएको दोश्रो सातामा पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र हेर्नका लागि अहिले देशका विभिन्न क्षेत्रका व्यक्तिहरु लालयित पनि देखिएका छन् । केहि दिन अगाडि मात्र पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवारसहित चलचित्र हेरेका थिए ।

अब, प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि परिवारसहित चलचित्र हेरेका छन् । उनले, काठमाण्डौको क्यूज हलमा परिवारसहित चलचित्र हेरेका थिए । विशेष शोमा नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी , नेतृ तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित चलचित्र हेरेका छन् ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , किरण केसी , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , प्रियंका कार्की , आँचल शर्मा , राजाराम पौडेल , शिवहरी पौडेल , बसुन्धरा भुषाल , रमेश रंजन झा लगायतको अभिनय छ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् ।

चलचित्र हेरेपछि प्रधानसेनापति क्षेत्रीले मनोरञ्जनले भरिएको भन्दै खुलेर प्रशंसा गरे । यसैविच, यो चलचित्रले काठमाण्डौको गुण सिनेमा हलमा दोश्रो सातामा नयाँ रेकर्ड राखेको छ । शनिवार गुणमा बिहानी शोमा ३ हल , १२ बजेको शोमा ४ हल , ३ बजेको शोमा ५ हल र बेलुकीको शोमा ३ हल हाउसफुल भएको थियो । शनिवार मात्र गुणमा १५ शो हाउसफुल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment