+
+
Shares

भ्रष्टाचार र सिन्डिकेटको अन्त्य गर्नुपर्छः गृहमन्त्री बादल

'हामीलार्इ लुट्ने देश बाहिर मात्रै होइन, देशभित्रै छन्'

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १९ गते १४:०८

१९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रको सिन्डिकेटको अन्त्य गर्नुपर्ने बताएका छन् ।

लामो समयदेखि रही आएको यातायात क्षेत्रको सिन्डिकेट जनताको हितमा नभएको भन्दै गृहमन्त्री बादलले यसको अन्त्य गर्ने बताएका हुन् ।

गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भने,’सिन्डिकेटको अन्त्य गर्नुपर्छ, जनताको हितका लागि हो भने सिन्डिकेट तोड्नुपर्छ ।’

जनताको चाहना सिन्डिकेट नभएको भन्दै उनले जनताको चाहना अनुसार यातायात क्षेत्रलाई व्यवस्थित गर्ने धारणा व्यक्त गरेका छन् ।

यस्तै, बादलले भ्रष्टाचार र माफियातन्त्रको समेत अन्त्य गर्ने बताएका छन् । राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब यसको अन्त्य गरिने बताए ।

‘यहाँ तस्करको ठूलो नेक्सस छ । तस्करको प्रशासनसँग सिधा सम्बन्ध छ’, उनले भने, ‘राजनीतिक दलका नेताकै उनीहरुले संरक्षण पाएका छन् । कानुनको रक्षा गर्ने ठेकेदार पनि तस्करसँग जोडिएका छन् ।’

‘विभिन्न नाकाहरुबाट तस्करहरुले देशलाई लुटिरहेका छन्’, उनले थपे, ‘प्राकृतिक स्रोत र साधन मात्र होइन, मानव तस्करी पनि भइरहेको छ । हामीलाई लुट्नेहरु देश बाहिर मात्रै होइन, देशभित्रै पनि छन् ।’

उनले ३/४ केजी मात्रै नभइ टनका टन सुन तस्करी भइरहेको समेत बताए । देशै रेमिट्यान्सले चलिरहेको उल्लेख गर्दै उनले मुलुकमा ५० प्रतिशत कालो बजारीले हिस्सा ओघटेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?